पुष्पा २ मा ‘सञ्जय दत्त’ को इन्ट्री
नयाँ दिल्ली । यो वर्ष बलिउडमा केही बहुप्रतिक्षित फिल्महरू आउँदैछन् । फ्यानहरू निकै एक्साइटेड भएर कुरिरहेको फिल्म हो पुष्पा २ । अल्लु अर्जुनको शीर्ष भूमिका रहेको पुष्पा ब्लक बष्टर साबित भएको थियो ।
वर्ल्ड वाइड बक्स अफिसमा ३०० करोड भारु भन्दा धेरै कमाएको यो फिल्मप्रति सामाजिक सञ्जालमा राम्रो क्रेज थियो । यतिबेला पुष्पा २ को धमाधम सुटिङ भइरहेको छ । याे फिल्म यस वर्षको सबैभन्दा ठुलो फिल्म हुने अड्कल गरिएको छ ।
यो फिल्ममा बलिउडका ‘खलनायक’ अर्थात् सञ्जय दत्तको इन्ट्री हुन लागेका खबरहरू आइरहेका छन् । निर्देशक सुकुमारले फिल्ममा एक रोलका लागि सञ्जयलाई अप्रोच गरेका छन् । केही दिनअघि नै सुकुमारले सिक्वेलका लागि बलिउडका शीर्ष अभिनेतालाई काष्ट गर्ने निर्णय गरेको भन्दै समाचार आएको थियो । अब भने फिल्ममा सञ्जयको नाम जोडिएको छ ।
यस्तो हुनेछ सञ्जयको भूमिका
पुष्पा २ मा सञ्जयले एकजना ‘प्रभावशाली व्यक्ति’ को भूमिका निर्वाह गर्न लागेका छन् । सञ्जयको पात्रले फिल्मको कथामा अर्को लेयर थप्ने बताइएको छ । उनको रोल क्यामियो हुने अनुमान गरिएको छ ।
यसअघि पुष्पा २ मा भोजपुरी स्टार मनोज तिवारीको नाम जोडिएको थियो । तर न्युज १८ सँगको कुराकानीमा मनोजले यसलाई झुटो भनेका थिए । केजीएफ च्याप्टर २ यता सञ्जयको माग निकै बढेको छ । खलनायकको भूमिकामा उनलाई धेरै रुचाइन्छ । पुष्पा २ मा उनले नकारात्मक पात्रको भूमिका खेल्छन् कि खेल्दैनन् यो हेर्न रोचक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण