शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डीएसपीको सुसाइड नोट : ‘छानबिनको नाममा प्रेसर नदिनू’

बुधबार, २३ फागुन २०८०, १५ : ०४
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल २१ फागुनमा मृत भेटिए । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रको सीमा सुरक्षा गुल्मका प्रमुख ४२ वर्षीय बस्यालले आत्महत्या गरेको अनुसन्धान निष्कर्ष छ ।

पोस्टमार्टम गरेर उनको शव मोरङबाट पाल्पा पठाइएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी अन्जनी पोखरेलले रातोपाटीलाई बताए । घटनास्थलमा डिएसपी बस्यालले छाडेको सुसाइड नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुसाइड नोटमा बस्यालले होसहवासमा आफ्नो प्राण त्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । नोटमा उनले भनेका छन्, ‘काम गर्न नसकेको र काम गर्न खोज्दा कानुनले अप्ठेरो पार्ने खतरा पो भयो ।’

बद्नियत पूर्व पवित्र संगठनलाई अप्ठेरो पार्न नखोजेको उल्लेख गर्दै बस्यालले लेखेका छन्–‘तर, संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स ।’

पत्नीसँग क्षमा माग्दै उनले बच्चा राम्रोसँग हेर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मैले जीवनमा तिमिलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु ।’

आत्महत्याबारे छानबिन गर्ने नाममा अनावश्यक प्रेसर नगर्न आग्रह गर्दै उनले प्रहरीलाई भनेका छन्, ‘ छानबिनको नाममा प्रेसर नदिनु ।’

उनको नोटको अन्तिममा लेखिएको छ–‘सरि, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।’

पाल्पा घर भएका बस्याल कार्यालय परिसरको कोठाको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप