‘बागमतीको सत्ताको अंकगणित असहज स्थितिमा’
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार सत्ता समीकरणको अंकगणित असहज स्थितिमा रहेको बताएका छन् । उनले अन्य प्रदेशमा जस्तो बागमतीमा अंकगाणितका कारण सरकार गठनका लागि सहज अवस्था नरहेको टिप्पणी गरे ।
बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाली कांग्रेसका मन्त्रीहरुको सामूहिक राजीनामा बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले सोही कारणले अहिलेको अवस्थामा पनि सरकार गठन गर्न सहज नरहेको बताए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलहरुमध्ये कसैको पनि बहुमत नपुगेको अवस्थामा सरकार गठनका लागि गठबन्धन गर्नु जरुरी रहेको र नयाँ समीकरणमा सो अवस्था अझ जटिल अवस्थामा रहेको उनले बताए ।
‘अहिले हामी जुन सिस्टम छौँ त्यो निरन्तर चलिरहन्छ । बागमतीमा अन्य प्रदेशको जस्तो सहज रुपमा सरकार गठन वा निरन्तरता हुने अवस्था छैन । अंक गणितका कारण कसैलाई पनि सरकार गठन गर्न असहज छ । नयाँ समीकरणबाट पनि सहजै सरकार बन्ने परिस्थिति छैन । थुप्रै विषयहरु मिलाउनु पर्छ,’ उनले भने ।
केन्द्रमा सत्ता गठबन्धनको समीकरण र भागबण्डा टुंग्याएपछि मात्र बागमती प्रदेश सरकारको विषयहरु स्पष्ट हुने उनले बताए । उनका अनुसार हालको गठबन्धनमा प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ने अझै टुंगिएको नसकेकोले अहिले नै यसै हो भन्ने अवस्था छैन । उनले नयाँ गठबन्धनमा आफूले नेतृत्व प्राप्त गरेमा सबै दलहरुलाई मिलाएर अघि बढ्ने उनको भनाई छ ।
बागमती प्रदेशमा सत्ता साझेदार दल र प्रतिपक्ष बिच समस्या नरहेको र सौहार्द वातावरणमा नै सरकार संचालन भएको उनले बताए । सरकारको कामसँगै प्रदेशसभामा पनि सबै दलहरूसँग छलफल गरर सहज रुपमा अघि बढेको उनले बताए । सरकार गठनको प्रक्रियामा सत्ता र प्रतिपक्ष निरन्तरको प्रक्रिया रहेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले संसदका विभिन्न गतिविधिहरुमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । सरकार र प्रतिपक्षमा रहेका दलहरु सबैको ध्यय नागरिकको सेवासँगै विकास निर्माण रहेकाले वर्तमान व्यवस्थालाई बलियो बनाउँदै अघि बढ्नु पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण