बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीले दिए राजीनामा
मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो ।
सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा गत चैत २५ गते नियुक्त भएका थिए भने स्वास्थ्य मन्त्री जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जन, वन मन्त्री मसिना खड्का र उद्योग वाणिज्य तथा प्रशासन मन्त्री चित्रकार गत जेठ ७ गते मन्त्री नियुक्त भएका थिए ।
उनीहरूले मुख्यमन्त्री कार्यालय हेटौँडामा उपस्थित भएर राजीनामा दिएका हुन् । राजीनामा बुझाउने क्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने उपस्थिति भएनन् । संसदीय दलको उपनेता समेत रहेका रामकृष्ण चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएसँगै कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने गरी समीकरण निर्माणमा अघि बढ्ने तयारी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण