सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रीमण्डल विस्तार

देशको सार्वभौमिकताको रक्षा गर्दै कूटनीतिक आचारसंहिता पालना गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

बुधबार, २३ फागुन २०८०, २१ : ०३
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको सार्वभौमिकताको रक्षा गर्दै कूटनीतिक आचारसंहिता पालना गर्ने दृढता व्यक्त गरेका छन् । सिंहदबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । 

पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए । उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने जिकिर गरे । 

 सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भूमिका रहने बताउँदै उनले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको रक्षा गर्ने कुरा आफ्नो कार्यभारका रूपमा लिएको बताए । 

गैर आवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि उनको भनाई थियो । कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि उनले जनाए । उनले नेपालको राष्ट्रिय हित अनुकूल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउँदै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधान एवं पराष्ट्रमन्त्री श्रेष्ठले राजदूत नियुक्तिको मापदण्डलाई अब्जेक्टिभ बनाउने बताए । स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने गरी कूटनीतिक शिष्टता कायम राख्ने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप