स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ । बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्मको कथा त्यही गाउँको बुनिएको छ ।
अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गर्न लागेको फिल्म साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गर्न लागेका हुन् । निर्माणमा अभिनेत्री खड्कालाई उनका पति निर्देशक निश्चल बस्नेतले सघाएका छन् ।
स्वस्तिमा र निश्चलको मुख्य अभिनय रहने फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । फिल्मलाई आगामी वर्ष २०८१ को दसैँमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । आकाशले यसअघि निश्चल निर्देशित फिल्म ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । आकाश र साजन दुवैले ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्म नयाँ बर्षमा प्रदर्शन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण