सुदूरपश्चिममा समाजवादीले पनि समर्थन फिर्ता लिने, अल्पमतमा मुख्यमन्त्री शाह
धनगढी । नेकपा माओवादीपछि एकीकृत समाजवादीले पनि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेको छ । बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
आज १० बजे संसदीय दलको बैठक बसेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भएको समाजवादी संसदीय दलको कार्यालय स्रोतले जनाएको छ । योसँगै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । यहाँ समाजवादीका ४ जना प्रदेश सांसद छन् ।
बुधबार मात्रै नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै समर्थन रहने छ ।
स्वतन्त्र सांसद डा तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन् । नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागी नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत पुग्ने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण