सुदूरपश्चिममा समाजवादीले पनि समर्थन फिर्ता लिने, अल्पमतमा मुख्यमन्त्री शाह

धनगढी । नेकपा माओवादीपछि एकीकृत समाजवादीले पनि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेको छ । बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
आज १० बजे संसदीय दलको बैठक बसेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भएको समाजवादी संसदीय दलको कार्यालय स्रोतले जनाएको छ । योसँगै मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । यहाँ समाजवादीका ४ जना प्रदेश सांसद छन् ।
बुधबार मात्रै नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ ।नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै समर्थन रहने छ ।
स्वतन्त्र सांसद डा तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन् । नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागी नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत पुग्ने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक