पहिलो मन्त्रिपरिषद बैठक
कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
बिहीबार, २४ फागुन २०८०, ११ : १६
काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको खानेपानी मन्त्री राजेन्द्रप्रसाद राईले रातोपाटीलाई जानकारी दिए ।
बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन अनुमति दिने निर्णय गरेको छ । यस्तै २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण