यो सहयात्राले प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा गर्नेछ : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुबिचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षबिचको सम्बन्धबारे संविधान, कानुन र हाम्रा अभ्यासहरुले परिभाषित गरेको स्मरण गराए ।
सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव दिँदै उनले सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुने पनि प्रस्ट पारे । तर सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोगको भूमिका निर्वाह गर्न पनि उनले प्रतिपक्षलाई आग्रह गरे ।
हिजोको गठबन्धन चल्न सकेन भन्ने निष्कर्षका साथ नयाँ सहयात्रा आरम्भ भएको पौडेलले प्रस्ट पारे । ‘यसमा अन्यथा भाव राखेर सोच्न हुँदैन,’ उनले भने, ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ ।’ स्वार्थको लेनदेनका आधारमा नभएर देश र जनतालाई केन्द्रमा राखेर सहयात्रा गरिएको भन्दै उनले प्रतिनिधिसभाको बाँकी कार्यकाल यही सहयात्राका आधारमा तय हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण