यो सहयात्राले प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा गर्नेछ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुबिचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता र प्रतिपक्षबिचको सम्बन्धबारे संविधान, कानुन र हाम्रा अभ्यासहरुले परिभाषित गरेको स्मरण गराए ।
सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव दिँदै उनले सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुने पनि प्रस्ट पारे । तर सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोगको भूमिका निर्वाह गर्न पनि उनले प्रतिपक्षलाई आग्रह गरे ।
हिजोको गठबन्धन चल्न सकेन भन्ने निष्कर्षका साथ नयाँ सहयात्रा आरम्भ भएको पौडेलले प्रस्ट पारे । ‘यसमा अन्यथा भाव राखेर सोच्न हुँदैन,’ उनले भने, ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन, स्प्रिङजस्तो घुम्छ ।’ स्वार्थको लेनदेनका आधारमा नभएर देश र जनतालाई केन्द्रमा राखेर सहयात्रा गरिएको भन्दै उनले प्रतिनिधिसभाको बाँकी कार्यकाल यही सहयात्राका आधारमा तय हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु