एमाले नेता दाहालले स्मरण गराए राष्ट्रिय सभाको मानक
काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका मानकहरू स्मरण गराएका छन् ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई बिहीबार राष्ट्रिय सभामा स्वागत सम्बोधनका क्रममा उनले सभाले स्थापित गरेका मानकहरूलाई नयाँ सदस्यहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका रहने समेत बताए ।
राष्ट्रिय सभामा सर्वसम्मतिको अभ्यास मानकका रूपमा स्थापित भएको र अधिकांश विधेयकहरू सर्वसम्मत रूपमा पारित हुने गरेको समेत नेता दाहालले स्मरण गरे ।
प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष बिच विवाद भएर सदन स्थगित हुँदा समेत राष्ट्रिय सभा सञ्चालन हुने गरेको उल्लेख गर्दै उनले कानुन निर्माणका क्रममा नयाँ सदस्यहरूको पनि प्रभावकारी सहभागिता रहने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सभा सदस्यका रूपमा अनुभवी राजनीतिज्ञहरूको प्रवेश प्रति उनले खुसी व्यक्त गरे । त्यस्ता सदस्यहरूको आगमनले सदनको गरिमा बढाएको भन्दै दाहालले राष्ट्रिय सभा पुराना नेताहरूलाई थन्क्याउने थलो भएको टिप्पणीलाई उनीहरूको कार्यसम्पादनले चिर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण