सबैभन्दा कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला
तेल अविव । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ वर्ष रहेको छ भने यहुदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७।६ वर्ष छ ।
सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०।७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो ।
इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए ।
इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १।५८ बच्चाको तुलनामा बढी हो ।
सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण