बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

शुक्रबार, २५ फागुन २०८०, १५ : १९
शुक्रबार, २५ फागुन २०८०

तेल अविव । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । 

सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ वर्ष रहेको छ भने यहुदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७।६ वर्ष छ । 

सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०।७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो ।

इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए । 

इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १।५८ बच्चाको तुलनामा बढी हो ।

सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् । -(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप