शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
गजल

गजल

शनिबार, २६ फागुन २०८०, ०६ : ०२
शनिबार, २६ फागुन २०८०

सुनौलो बिहानी हुन पहिले रात हुनुपर्छ 
बुराई सकिन त बारम्बार घात हुनुपर्छ 

सधैँभरि सित्तैमा गाली गर्न त कहाँ पाइन्छ 
कि दिलको उपचार कि त राहत हुनुपर्छ 

ती समुन्द्रले जति चुसे पनि रित्तिँदैन नदी
मान्छेलाई खुसी बनाउने औकात हुनुपर्छ 

विधाताको जागिर पनि सङ्घर्ष गर्नेले खोस्छ 
आफै लेख्न सक्छ मान्छेले भाग्य हात हुनुपर्छ 

हारेको कुरा यहाँ हार्ने मान्छेले गरेकै हुन्छ 
खेल बचाउन त विजयको बात हुनुपर्छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय राज
विजय राज
लेखकबाट थप