कविता
कहाँ पुग्यो छोरो
शनिबार, २६ फागुन २०८०, १० : ३६
कहाँ पुग्यो छोरो
सम्पर्क हुँदैन फोनमा
जिउँदै छ कि मर्यो
पुगेछ रेड जोनमा
एजेन्टको विश्वासमा
गएथ्यो भनी कमाउन
रुसी सेनाको पोसाकमा
पुगेछ बन्दुक समाउन
सपना ठुलो बोकेर
मेहनत गरेथ्यो पढ्न
देशमा यस्तो के भयो
जानुपर्यो युद्धमा लड्न
बुझ्न खबर भनेर
सरकारी निकाय धाएँ
पत्तो लागेन कतै केही
हे दैव कस्तो दुःख पाएँ
‘ल्याइदेऊ मेरो बाबु’
भन्दै रुन्छिन् बूढी
कस्तो पिर म बूढोलाई
रुँदैछु मुटु चुँडी
हाम्रो देश कहिले होला
छोडी जान नपर्ने
एयरपोर्टमा बिदाइ गर्दै
आँसु झार्न नपर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण