सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी सेवन गरेको सुरमा श्रीमानको हत्या

शनिबार, २६ फागुन २०८०, १७ : ०४
शनिबार, २६ फागुन २०८०

काभ्रे । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

कमलाले मादक पदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप