निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चाैधरी कानुनी उपचारमा जाने
बुटवल । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयकाे विषयमा आफू अदालत जाने सक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन् ।
उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए । देशका निकै थाेरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीकाे सर्वाेच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयाेगले बाधा पुर्याएकाले उचित उपचार खोजिने जिकिर गरे ।
उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए । उनले देशमा ठुला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए । उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठुला दलहरूले भ्यागुतोको धार्नी बनाउने काम गरेको बताए ।
उनले मन्त्र बन्नेहरूको मापदण्ड निर्धारण गर्नुपर्ने अवस्था आएको बताए । उनले सबै सांसदलाई मन्त्री बन्नुपरेको भन्दै अब सांसदकाे सङ्ख्या घटाएर १ सय मात्रै बनाउनुपर्ने बताए । बुटवलमा उनीसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलगायतका नेताहरू उपस्थित थिए छन् । तर चौधरीले साथीभाइसँग खाजा खाने मात्रै उद्देश्य रहेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण