जसपाका मन्त्रीहरूको शपथ आज
आइतबार, २७ फागुन २०८०, ०६ : २९
काठमाडौँ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।
अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।
जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउन रुसी टोली नेपालमा
-
नेपाली सत्ताले स्वदेशी जनतासँग माफी किन नमाग्ने ?
-
विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल
-
बारामा चिरान मिलमा छापामारी गर्दा सय क्युफिट काठ बरामद
-
बब्लु पासवानको बयान : रक्सौलमा बसेर लाल मोहम्मदको हत्या योजना बनाएँ
-
फुल कन्ट्याक्ट कराँतेमा ११० खेलाडी