शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको महँगो गाडी निजी बनाउने क्रम सुरु, अवकाशपछि गभर्नरसहित उच्च पदस्थको पालो

आइतबार, २७ फागुन २०८०, ११ : ३४
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैकले खरिद गरेको सवारी साधन निजी स्वामित्वमा हस्तान्तरण गर्न थालिएको छ । हालसम्म स्वामित्व हस्तान्तरण गरी एक जना कार्यकारी निर्देशक (अवकास)ले सवारी साधन लगेको बैंकका निर्देशक एवं सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले रातोपाटीलाई उपलब्ध गराएको लिखित सूचनामा जनाइएको छ ।

कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) लाई उपलब्ध गराइने सवारी साधन सुविधा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम स्वामित्व हस्तान्तरण भएको बैंकले जनाएको छ ।

यसरी स्वामित्व हस्तान्तरण भएको सवारी साधन ७१ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको रेकर्डले देखाउँछ ।

यसैगरी गभर्नर महा प्रसाद अधिकारीका लागि एक करोड ७८ लाख र दुई डेपुटी गभर्नरलाई एक करोड ४३ लाख रुपैयाँको एक–एक थान हाइबिड गाडी खरिद गरी बैंकले उपयोग गर्न दिएको छ ।

१८ कार्यकारी निर्देशकका लागि जनही ७१ लाख ५० हजार रुपैयाँ सीमामा विद्युतीय/हाइबिड गाडीहरू खरिद गरिएको पोखरेलले दिएको सूचनामा उल्लेख छ ।

सञ्चालक समितिको निर्णय तथा कार्यविधि, २०७८ को अधीनमा रही गभर्नर र डेपुटी गभर्नरहरूलाई सवारी साधनको सुविधा उपलब्ध गराइएको पोखरेलले जानकारी दिएका छन् ।

‘साथै, उपरोक्त कार्यविधिहरू अनुरूप बैंकका गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशक अवकाश भएपछि निजहरूको स्वामित्वमा हस्तान्तरण हुने व्यवस्था रहेको’ रातोपाटीलाई उपलब्ध सूचनामा उल्लेख छ ।  

अधिवक्ता कुमार मगर र भरत कार्कीले गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई विनियम बनाई सेवा दिन सकिने नेपाल राष्ट्र बैंक ऐनको प्रावधान विपरित कार्यविधिमार्फत सवारी सुविधा दिइएकोले सो खारेज गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन छ । 

यसअघि रातोपाटीले ऐन विपरित गाडी सुविधाबारे समाचार प्रकाशन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप