बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘गाजले’मा मल्लिका र आर्यनको रोमान्स

आइतबार, २७ फागुन २०८०, १२ : ५८
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’ सार्वजनिक गरिएको छ । राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

डान्सिङ नम्बरको रुपमा तयार गीतको भिडियोमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापाको अभिनय छ । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने कुरा उल्लेख गरेकी छन् ।भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ ।

एल्बम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका कार्की गायक उदितनारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिइन् । यसपछि उनको ‘यति धेरै मान्छेहरूको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा आए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप