शाहीको थ्रिलर फिल्ममा भित्रिए प्रदीप
काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ का निर्देशक प्रदीप शाही नयाँ फिल्मको तयारीमा जुटेका छन् । नाम जुर्न बाँकी थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मुख्य अभिनेताको रूपमा प्रदीप खड्का अनुबन्धित भएका छन् । शनिवार निर्माण टिम र अभिनेता खड्काबिच फिल्म अभिनय विषयमा सम्झौता भएको हो ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेको सहकार्य रहने छ । फिल्मको कथा निर्देशक शाही आफैँले नै लेखेका हुन् । फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् । फिल्ममा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले बताए ।
निर्देशक शाहीले फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ मार्फत निर्देशनमा डेब्यु गरेका हुन् । फिल्म ओटीटी अमाजोन प्राइममा पनि रिलिज भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण