सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

होटेलमा जुवातास खेलिरहेका ६ जना पक्राउ

आइतबार, २७ फागुन २०८०, १८ : २६
आइतबार, २७ फागुन २०८०

सुनसरी । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकस्थित प्रमीला होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार थापा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ७ सय ३० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप