होटेलमा जुवातास खेलिरहेका ६ जना पक्राउ
आइतबार, २७ फागुन २०८०, १८ : २६
सुनसरी । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकस्थित प्रमीला होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार थापा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ७ सय ३० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण