‘सांस्कृतिक पर्वहरू जोगाइराख्न नयाँ पुस्तालाई सँगसँगै सहभागी गराउन आवश्यक’
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताएका छन् । सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बिचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सनातनदेखि आस्थाको धरोहरको रूपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भनेका छन् ।
यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पनि शेर्पा समुदायको विशेष चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै समस्त शेर्पा समुदायलाई शुभकामना दिएकी छन् । सन्देशमा अर्यालले नयाँ वर्ष आरम्भको रूपमा मनाइने पर्वले नेपालका समस्त जातजाति तथा समुदायका बिचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन विशिष्ट योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण