युरोपका चार देश र भारतबिच १ खर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता
नयाँ दिल्ली । भारतले युरोपका चार देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । युरोपेली स्वतन्त्र व्यापार संगठन (ईएफटीए)सँग भारतले १ खर्ब डलर बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यईएफटीएमा नर्वे, स्वीटजरल्यान्ड, आइसल्यान्ड र लिकटनस्टाइन रहेका छन् ।
विगत दुई वर्षयता बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता भइरहेकै समयमा यो सम्झौता भएको हो । करिब १६ वर्षको छलफलपछि यो सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत भारतले लगानीको बदलामा १५ वर्षसम्म यी देशहरूबाट आउने औद्योगिक वस्तुहरूमा अधिकांश आयात महसुल हटाउनेछ । यो सम्झौताअन्तर्गत फर्मास्युटिकल्स, मेसिनरी, म्यानुफ्याक्चरिङ लगायत उद्योगमा लगानी हुने अपेक्षा गरिएको छ ।
सम्झौता लागू हुनु अघि भारत र चार ओटै युरोपेली देशहरूले यसलाई अनुमोदन गर्नु पर्नेछ । स्वीटरल्यान्डले आगामी वर्षभित्रमा सम्झौतालाई अनुमोदन गर्ने योजना बनाएको छ । गएको दुई वर्षमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौता गरेको छ । बेलायतले पनि भारतसँग छिट्टै व्यापार सम्झौता गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण