युरोपका चार देश र भारतबिच १ खर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता

नयाँ दिल्ली । भारतले युरोपका चार देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । युरोपेली स्वतन्त्र व्यापार संगठन (ईएफटीए)सँग भारतले १ खर्ब डलर बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यईएफटीएमा नर्वे, स्वीटजरल्यान्ड, आइसल्यान्ड र लिकटनस्टाइन रहेका छन् ।
विगत दुई वर्षयता बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता भइरहेकै समयमा यो सम्झौता भएको हो । करिब १६ वर्षको छलफलपछि यो सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत भारतले लगानीको बदलामा १५ वर्षसम्म यी देशहरूबाट आउने औद्योगिक वस्तुहरूमा अधिकांश आयात महसुल हटाउनेछ । यो सम्झौताअन्तर्गत फर्मास्युटिकल्स, मेसिनरी, म्यानुफ्याक्चरिङ लगायत उद्योगमा लगानी हुने अपेक्षा गरिएको छ ।
सम्झौता लागू हुनु अघि भारत र चार ओटै युरोपेली देशहरूले यसलाई अनुमोदन गर्नु पर्नेछ । स्वीटरल्यान्डले आगामी वर्षभित्रमा सम्झौतालाई अनुमोदन गर्ने योजना बनाएको छ । गएको दुई वर्षमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौता गरेको छ । बेलायतले पनि भारतसँग छिट्टै व्यापार सम्झौता गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय