बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा १६८ जना उत्तीर्ण

सोमबार, २८ फागुन २०८०, १० : ३१
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना  उत्तीर्ण भएका हुन् । 

१९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २१२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ । 

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप