आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुनौलो बिहानी’मा रिचा र सोनीको अभिनय

सोमबार, २८ फागुन २०८०

काठमाडौँ । गीतकार कमला न्यौपानेको नयाँ गीत ‘सुनौलो बिहानी’ सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा येदीन गजमेरको संगीत तथा संजीव बराइलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा आफ्नो सन्तानको इच्छा रहर पुरा गर्न एउटी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छिन् भन्ने देखाउने कोसिस गरिएको छ । 

भिडियोमा रिचा थापा र सोनी लामाको अभिनय छ । युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निश्चल पौडेलको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियो तरंग वेभ क्रियशनको युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतकार कमला कवि तथा साहित्यकार पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया