बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

रातोपाटी सर्वेक्षण : गृहमन्त्री रविले सहकारी ठगीमा मुछिएका जीवीलाई पक्राउ नगर्नेमा अत्यधिक मत

सोमबार, २८ फागुन २०८०, २३ : १६
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । रातोपाटीको फेसबुक सर्वेक्षणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछ्रिइ फरार भएका जीवी राईलाई पक्राउ नगर्ने भन्ने विकल्पमा अत्यधिक मत परेको छ ।

रातोपाटीले आफ्नो फेसबुक पेजमा हिजो सोधेको गृहमन्त्री रवि लामिछानेले अनुमति दिए सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाइ ७ दिनभित्रै पक्राउ गरेर ल्याउने दुर्गा प्रसाईँको दाबीलाई के भन्नुहुन्छ भन्ने प्रश्नममा दिइएको तीन विकल्पमध्ये अत्यधिक मत जीवीसँग साँठगाँठ छ, रविले पक्राउ गर्दैनन् भन्नेमा परेको छ । 

कुल ९ हजार ६ सय १४ मतमा यो विकल्पमा ६ हजार १ सय ३२ अर्थात ६३ प्रतिशतले भोट गरेका छन् । गफै त हो सम्धी  भन्ने विकल्पमा २ हजार ५ सय ५९ अर्थात २६  प्रतिशत मत परेको छ । यसैगरी प्रसाईं पो पक्राउ पर्छन् कि ? भन्ने विकल्पमा ९ सय २३ अर्थात ९ प्रतिशत भोट प्राप्त भएको छ ।

रातोपाटीले आफ्नो फेसबुक पेजमार्फत समसामयिक विषयमा दैनिक पोल सञ्चालन गर्दै आएको छ । आज रातोपाटी पोलमा विश्वासको मत पाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मागमा लिखित सहमति जनाउनु पर्ने नेकपा (एकीकृत समाजवादी)को सर्तलाई के भन्नुहुन्छ ? भन्ने प्रश्नमा मत हाल्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप