रातोपाटी सर्वेक्षण : गृहमन्त्री रविले सहकारी ठगीमा मुछिएका जीवीलाई पक्राउ नगर्नेमा अत्यधिक मत
काठमाडौँ । रातोपाटीको फेसबुक सर्वेक्षणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछ्रिइ फरार भएका जीवी राईलाई पक्राउ नगर्ने भन्ने विकल्पमा अत्यधिक मत परेको छ ।
रातोपाटीले आफ्नो फेसबुक पेजमा हिजो सोधेको गृहमन्त्री रवि लामिछानेले अनुमति दिए सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाइ ७ दिनभित्रै पक्राउ गरेर ल्याउने दुर्गा प्रसाईँको दाबीलाई के भन्नुहुन्छ भन्ने प्रश्नममा दिइएको तीन विकल्पमध्ये अत्यधिक मत जीवीसँग साँठगाँठ छ, रविले पक्राउ गर्दैनन् भन्नेमा परेको छ ।
कुल ९ हजार ६ सय १४ मतमा यो विकल्पमा ६ हजार १ सय ३२ अर्थात ६३ प्रतिशतले भोट गरेका छन् । गफै त हो सम्धी भन्ने विकल्पमा २ हजार ५ सय ५९ अर्थात २६ प्रतिशत मत परेको छ । यसैगरी प्रसाईं पो पक्राउ पर्छन् कि ? भन्ने विकल्पमा ९ सय २३ अर्थात ९ प्रतिशत भोट प्राप्त भएको छ ।
रातोपाटीले आफ्नो फेसबुक पेजमार्फत समसामयिक विषयमा दैनिक पोल सञ्चालन गर्दै आएको छ । आज रातोपाटी पोलमा विश्वासको मत पाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मागमा लिखित सहमति जनाउनु पर्ने नेकपा (एकीकृत समाजवादी)को सर्तलाई के भन्नुहुन्छ ? भन्ने प्रश्नमा मत हाल्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण