इङ्लिस प्रिमियर लिगमा चेल्सी विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो ।
चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए ।छैटौँ मिनेटमा निकोलस ज्याक्सनले कोल पाल्मेरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, ४३ औँ मिनेटमा एलेक्सान्दर इसाकले ब्रुनो गुइमारेसको पासमा गोल गरेपछि न्युक्यासलले पहिलो हाफ बराबरीमा टुङ्ग्याएको थियो ।
५७ औँ मिनेटमा कोल पाल्मेरले एन्जो फर्नान्डेसको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । यस्तै ७६ औँ मिनेट मिखाइल मुड्रिचले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफको अन्तिम समयमा ज्याकोब मर्फीले न्युक्यासलका लागि गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः चेल्सी ३–२ को नतिजाका साथ जित निकाल्न सफल भयो ।
प्रिमियर लिगमा जित निकालेको चेल्सी २७ खेलमा ३९ अंक बनाउँदै तालिकाको ११ औँ स्थानमा रहेको छ भने पराजित भएको न्युक्यासल युनाइटेड २८ खेलबाट ४० अंकका साथ दशौं स्थानमा छ ।
प्रिमियर लिगमा आर्सनल र लिभरपुल समान ६४ अंकका साथ शीर्ष २ मा रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण