प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।
उनले भने, ‘भोलि संघीय संसदमा प्रतिनिधि सभामा प्रधानमन्त्रीज्युले विश्वासको मत माग्नुभएको छ । त्यो विश्वासको मत दिने की नदिने विषयमा आजको बैठक बसेको थियो । तर बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मत दिने पक्षमा जनता समाजवादी पार्टीले मतदान दिने र त्यसको लागि ह्विप पनि जारी गरेको छ ।’
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् । यसअघिको नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । नयाँ गठबन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
-
सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण