सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

मङ्गलबार, २९ फागुन २०८०, १८ : ३७
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘भोलि संघीय संसदमा प्रतिनिधि सभामा प्रधानमन्त्रीज्युले विश्वासको मत माग्नुभएको छ । त्यो विश्वासको मत दिने की नदिने विषयमा आजको बैठक बसेको थियो । तर बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मत दिने पक्षमा जनता समाजवादी पार्टीले मतदान दिने र त्यसको लागि ह्विप पनि जारी गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् । यसअघिको नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । नयाँ गठबन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप