४१ वर्षको उमेरमा राष्ट्रिय टोलीमा परे गोलरक्षक गोर्डन
काठमाडौँ । पछिल्लो समय स्कटल्यान्ड यसै वर्ष आयोजना हुने युरो–२०२४ को तयारीमा ब्यस्त छ । आगामी युरोलाई ध्यानमा राखी स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लर्कले टोलीमा विभिन्न प्रयोग गर्दै आएका छन् ।
यसै क्रममा प्रशिक्षक स्टिभले गोलरक्षक क्रेग गोर्डनलाई टोलीमा समावेश गर्ने योजना बनाएका छन् । यसका लागि उनले ४१ वर्षीय गोलरक्षक गोर्डनलाई मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश पनि गरेका छन् ।
आगामी युरोको तयारीका क्रममा स्कटल्यान्डले यसै महिना नेदरल्यान्ड्स र उत्तरी आयरल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । युरो–२०२४ आगामी जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा आयोजना हुँदैछ ।
प्रतियोगितामा स्कटल्यान्ड समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक जर्मनी, स्विट्जरल्यान्ड र हंगेरी रहेका छन् । गोलरक्षक गोर्डनले हालसम्म देशका लागि ७४ खेल खेलेका छन् । तर, उनले सन् २०२२ को नोभेम्बरपछि राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।
गोलरक्षक गोर्डनले एक वर्षको अवधिमा स्कटिस कपमा केवल तीन खेल खेलेका थिए । त्यसपछि घाइते भएर उनी लामो समय मैदान बाहिर रहेका थिए । तर, अहिले आएर प्रशिक्षक स्टिभले उनलाई युरो खेलाउने तयारी गरिरहेका छन् ।
मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक स्टिभले गोर्डनका अतिरिक्त जेन्डर क्लर्क, अंगुस गन र लियाम केलीलाई पनि गोलरक्षकका रुपमा टोलीमा समेटेका छन् । ‘उमेर ठूलो कुरा होइन । गोर्डनको प्रदर्शन अहिले पनि उत्कृष्ट छ । म उनको खेलबाट प्रभावित छु,’ प्रशिक्षक स्टिभले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण