शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा भिरबाट लडेर युवकको मृत्यु

बुधबार, ३० फागुन २०८०, ११ : १७
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् । 

दर्गास्थित मामाघरबाट फर्किंदा छिरिङ भिरबाट लडेर उनको मृत्यु भएको रामेछापका डीएसपी होम पराजुलीले रातोपाटीलाई बताए । उनी भिरबाट करिब २ सय मिटर तल चौर खोलाको बगरमा खसेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टोकरपुरका इन्स्पेक्टर मणिराम थापा नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप