लोकसभा निर्वाचन : बिजेपीद्वारा ७२ उम्मेदवारको दोस्रो सूची जारी
नयाँ दिल्ली । भारतीय जनता पार्टी (बिजेपी) ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ ।
बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ । यसअघि उनले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्ने छन् ।
कर्नाटकमा पार्टीले धारवाडबाट केन्द्रीयमन्त्री प्रह्लाद जोशीलाई उठाएको छ । कर्नाटकका पूर्व मुख्यमन्त्री बसवराज बोम्मईलाई हावेरी लोकसभा सिटबाट टिकट दिइएको छ । महाराष्ट्रमा बिजेपीका केन्द्रीयमन्त्री नितिन गडकरीलाई नागपुर सिटबाट निर्वाचनमा उतार्ने निर्णय गरिएको छ । पीयुष गोयल मुम्बई नर्थबाट निर्वाचन लड्नेछन् ।
बिजेपीले उत्तराखण्डको दुई सिटमा पनि उम्मेदवारी घोषणा गरेको छ । पार्टीले उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई हरिद्वार सिटबाट मैदानमा उतारेको छ । भाजपाका राष्ट्रिय मुख्य प्रवक्ता अनिल बलुनी गढवाल सिटबाट निर्वाचन लड्न तयार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण