सरकारको नीति तथा कार्यक्रम सुझाव कार्यदलको बैठक बस्दै
काठमाडौँ । सरकारको आगामी साझा नीति तथा कार्यक्रमको प्राथमिकता छनोटका लागि गठित पाँच दलीय कार्यदलको बैठक दिउँसो ४ बजे बस्ने भएको छ । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेसँगै गठबन्धनका पाँद दलबाट दुई/दुई जना सदस्य रहने गरी २७ गते कार्यदल गठन भएको थियो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्ने बैठकमा विभिन्न दलबाट आएका सुझावलाई समेटेर ड्राफ्ट तयार गर्ने कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । ‘गठबन्धन दलहरूबाट आएका सुझाव समेटेर आज ड्राफ्ट तयार हुन्छ । प्रतिवेदन आजै बुझाउने वा नबुझाउनेबारे अहिले निष्कर्षमा पुगेका छैनौँ । त्यो बेलुका नै थाहा हुन्छ’, सुमनले भने ।
कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् । सदस्यहरूमा एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादीबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
यस्तै रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल, जसपाबाट नेता सुमनसहित वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण