चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ
बिहीबार, ०१ चैत २०८०, १४ : ५८
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महायज्ञमार्फत राहत सङ्कलन गर्न लागिएको हो ।
पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्वारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए । महायज्ञबाट उठेको रकमबाट विपन्न वर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण