अश्लील सामग्री देखाउने ओटीटी प्लेटफर्म, वेबसाइट र सोशल मिडिया खाताहरूमाथि प्रतिबन्ध
नयाँ दिल्ली । भारतको सूचना तथा प्रसारण मन्त्रालयले अश्लील सामग्री प्रसारण गर्ने १८ ओटीटी प्लेटफर्म, १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जाल खातामा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, पहिलो नजरमा यी सामग्रीहरू आईटी ऐनको धारा ६७, ६७ए, आईपीसीको धारा २९२ र महिलाको अशोभनीय प्रतिनिधित्व (निषेध) ऐन १९८६ को उल्लङ्घन भएको पाइएको हो।
ब्लक गरिएका प्लेटफर्महरूमा हन्टर्स, ड्रीम फिल्म्स, मूडएक्स, नियोनएक्स, एक्स्ट्रामुड र अन्य कम्पनीहरू छन् जसले अश्लील सामग्रीहरू प्रशारण गरिरहेका थिए। विज्ञप्तिमा भनिएको छ, 'यी प्लेटफर्महरूमा देखाइएका अधिकांश सामग्रीहरू अश्लील र महिलाहरूलाई गलत रूपमा प्रस्तुत गर्ने पाइयो।’
मन्त्रालयका अनुसार एउटा एप एक करोड पटक डाउनलोड भएको छ भने अन्य दुई एप ५० लाखभन्दा बढी पटक डाउनलोड भएका छन् । यी प्लेटफर्मको सामाजिक सञ्जाल खाताका फलोअर्सको कूल सङ्ख्या ३२ लाखभन्दा बढी छ।
विज्ञप्ति अनुसार १२ फेसबुक अकाउन्ट, १७ इन्स्टाग्राम अकाउन्ट, १६ एक्स अकाउन्ट र १२ युट्युब च्यानल ब्लक गरिएको छ । जुन २०२३ मा आईटी नियमहरूको भाग-३ अन्तर्गत एक स्वनियामक बोर्ड गठन गरिएको थियो जसले अर्को प्लेटफर्म उल्लुविरुद्ध आदेश जारी गरेको थियो । तर हालको प्रतिबन्धहरूमा उल्लुको नाम छैन। निर्देशनमा यस प्लेटफर्मका चारवटा वेब सिरिज हटाउन वा पुनः सम्पादन गर्न भनिएको थियो।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण