शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियाबाट युरोप जाँदै गरेको डुङ्गाको इन्जिन फेल, भोकप्यासले ६० आप्रवासी यात्रुको मृत्यु

शुक्रबार, ०२ चैत २०८०, १० : २६
शुक्रबार, ०२ चैत २०८०

ट्रिपोली । अफ्रिकाबाट भूमध्यसागर पार गरी युरोप गइरहेको रबरको डुङ्गामा कम्तीमा ६० जना आप्रवासीको मृत्यु भएको छ । डुङ्गामा सवार कम्तीमा २५ आप्रवासीलाई बचाइएको छ । मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको थियो ।

अफूहरु गत शुक्रबार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएको दुर्घटनामा बाँचेकाहरूले बताएका छन् । तर यात्रा सुरु भएको तीन दिनपछि रबरको डुङ्गाको इन्जिन फेल भयो । त्यसपछि डुङ्गा समुद्रमा यताउता भड्किन थाल्यो । बिस्तारै डुङ्गामा भएको खाना र पानी सकियो । भोकप्यासका कारण डुङ्गाका यात्रीको धमाधम मृत्यु हुन थाल्यो । यस दुर्घटनामा ज्यान गुमाउनेमा एक महिला र कम्तीमा एक बालक रहेको बताइएको छ ।

ओशन वाइकिङ जहाजबाट बुधवार दुर्बीनमार्फत रबर डुङ्गा देखिएको एसओएस मेडिटेरेनियनले बताएको छ । त्यसपछि इटालियन कोस्ट गार्डको सहयोगमा उद्धार कार्य गरिएको थियो । उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था निकै नाजुक रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ । गम्भीर अवस्थामा भेटिएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरेर सिसिली लगिएको थियो । बाँकी २३ जना अझै ओशन वाइकिङमा छन् । यस जहाजमा अन्य दुई डुङ्गाले उद्धार गरेको दुई सय अन्य आप्रवासीहरू पनि भएको बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप