यी हुन् विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर, आँखा झिमिक्क गर्दा बनाइसक्छ मोबाइल एप
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले हरेक काममा मानिसलाई प्रतिस्थापन गर्ने चिन्ता बढेको छ । केही दिन अघि भने यसको आगमनले काम गर्ने तरिका मात्रै परिवर्तन हुने पनि भनिएको थियो । तर एआईले दिनहुँ कयौँ काममा मानिसलाई प्रतिस्थापित गरिरहेको छ । हालैका समयमा हामीले शिक्षकदेखि एआई मोडेलसम्म सबैका एआई स्वरुप आइरहेका छन् । अब एआई सफ्टवेयर इन्जिनियर पनि लन्च गरिएको छ ।
अमेरिकास्थित एप्लाइड एआई ल्याब कशिनले विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर बनाएको दाबी गरेको छ । निर्माताहरूका अनुसार एआई एजेन्ड डेभिनले व्यवहारिक इन्जिनियरिङ अन्तरवार्ता पास गरेको बताइएको छ । केही कम्पनीले लिएको वास्तविक अन्तरवार्तामा पनि यो पास भएको बताइएको छ ।
यसले आँखा झिक्याइसक्दा सफ्टवेयर इन्जिनियरले गर्न सक्ने कोडिङ र मोबाइल एप बनाउने काम भ्याइसक्छन् । डेभिड थाक्दै नथाक्ने, सिपालु एआई इन्जिनियर भएको अनि यसले मानव इञ्जिनयरसँग मिलेर वा एक्लै काम गर्न सक्ने बताइएको छ ।
के के छन् डेभिनको विशेषताहरू ?
डेभिन कोग्निसन ल्याब्सल् बनाएको एआई स्टार्टअप हो । यसले जुनसुकै एप, वेबसाइट बनाउन सक्छ । कुनै साइटमा देखिएका कमी कमजोरी हटाउन सक्छ । यसले अर्को एआई टूल पनि बनाउन सक्छ । यति मात्र होइन यसले कुनै एआई टूललाई तालिम पनि दिन सक्छ । डेभिनमा इन्बिल्ट कोड एडिटर छ । यसले एआई इन्जिनियर सफ्टवेयरसँग जोडिएको कुनै पनि जटिल काम गर्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार एन्ड टू एन्ड एन्क्रिप्शनको साथमा डेभिनले जुनसुकै एप बनाउन सक्छ । यसबाहेक अटोमेटिक बगलाई पनि फिक्स गर्न सक्छ । तर डेभिनलाई सर्वसाधारणको प्रयोगका लागि उपलब्ध गराइसकेको छैन । त्यसैले कसैले पनि यसलाई चलाउन वा परीक्षण गर्न सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण