यी हुन् विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर, आँखा झिमिक्क गर्दा बनाइसक्छ मोबाइल एप

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले हरेक काममा मानिसलाई प्रतिस्थापन गर्ने चिन्ता बढेको छ । केही दिन अघि भने यसको आगमनले काम गर्ने तरिका मात्रै परिवर्तन हुने पनि भनिएको थियो । तर एआईले दिनहुँ कयौँ काममा मानिसलाई प्रतिस्थापित गरिरहेको छ । हालैका समयमा हामीले शिक्षकदेखि एआई मोडेलसम्म सबैका एआई स्वरुप आइरहेका छन् । अब एआई सफ्टवेयर इन्जिनियर पनि लन्च गरिएको छ ।
अमेरिकास्थित एप्लाइड एआई ल्याब कशिनले विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर बनाएको दाबी गरेको छ । निर्माताहरूका अनुसार एआई एजेन्ड डेभिनले व्यवहारिक इन्जिनियरिङ अन्तरवार्ता पास गरेको बताइएको छ । केही कम्पनीले लिएको वास्तविक अन्तरवार्तामा पनि यो पास भएको बताइएको छ ।
यसले आँखा झिक्याइसक्दा सफ्टवेयर इन्जिनियरले गर्न सक्ने कोडिङ र मोबाइल एप बनाउने काम भ्याइसक्छन् । डेभिड थाक्दै नथाक्ने, सिपालु एआई इन्जिनियर भएको अनि यसले मानव इञ्जिनयरसँग मिलेर वा एक्लै काम गर्न सक्ने बताइएको छ ।
के के छन् डेभिनको विशेषताहरू ?
डेभिन कोग्निसन ल्याब्सल् बनाएको एआई स्टार्टअप हो । यसले जुनसुकै एप, वेबसाइट बनाउन सक्छ । कुनै साइटमा देखिएका कमी कमजोरी हटाउन सक्छ । यसले अर्को एआई टूल पनि बनाउन सक्छ । यति मात्र होइन यसले कुनै एआई टूललाई तालिम पनि दिन सक्छ । डेभिनमा इन्बिल्ट कोड एडिटर छ । यसले एआई इन्जिनियर सफ्टवेयरसँग जोडिएको कुनै पनि जटिल काम गर्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार एन्ड टू एन्ड एन्क्रिप्शनको साथमा डेभिनले जुनसुकै एप बनाउन सक्छ । यसबाहेक अटोमेटिक बगलाई पनि फिक्स गर्न सक्छ । तर डेभिनलाई सर्वसाधारणको प्रयोगका लागि उपलब्ध गराइसकेको छैन । त्यसैले कसैले पनि यसलाई चलाउन वा परीक्षण गर्न सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची