बन्द रंगशालामा आज नेपालले मलेसियासँग अभ्यास खेल खेल्दै
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघका अनुसार, नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल बन्द रंगशालामा खेलिने छ । उक्त खेलमा दर्शकलाई प्रवेश दिइने छैन । उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण पनि गरिने छैन । अनौपचारिक अभ्यास खेल खेल्न मलेसिया पुगेको नेपाली टोलीमा खेलाडी र प्रशिक्षकका अतिरिक्त ठूलो सँख्यामा पदाधिकारीहरु पनि छन् । मलेसिया पुगेको नेपाली टोलीमा १० जना पदाधिकारी छन् ।
अनावश्यक रुपमा ठुलो सँख्यामा पदाधिकारी मलेसिया पठाएपछि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।
विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबिचको दुबै खेल बहराइनमै खेलिने छ । नियम अनुसार, नेपालले एउटा खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हुन्थ्यो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै दुबै खेल बहराइनमा खेलाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण