प्रदर्शन
विवेकशील साझा पार्टीका अध्यक्ष र महासचिवसहित ९ जना पक्राउ
शुक्रबार, ०२ चैत २०८०, १८ : ५९
काठमाडौँ । प्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ । राजधानीको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।
माइतीघर मण्डलााई निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण भेला गर्न पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको उनले बताए । पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे । पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण