सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मोबाइल मेरो साथी (तस्बिरहरू)
प्रविधि

मोबाइल मेरो साथी (तस्बिरहरू)

शनिबार, ०३ चैत २०८०

काठमाडाैँ । पछिल्लो समय मोबाइल मानिसको अति आवश्यक उपकरण भइसकेको छ । त्यसो त २१ औँ शताब्दीमा विज्ञानले हामीलाई नयाँ नयाँ उपकरण दिइनै रहेको  छ । मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो । 

समयको परिवर्तनसँगै प्रविधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । अहिले टाढा टाढाका आफन्तहरूसँग कुराकानी गर्न त्यति कष्ट गर्नु पर्दैन । नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरी हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ, तर आजभन्दा एक दशकभन्दा अघि सायदै यसरी जो कोही सँग मोबाइल हुन्थ्यो । टेलिफोन सम्पर्कका लागि सहरमा विभिन्न स्थानहरूमा टेलिफोन बुथहरू हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौँ लगाएर बस्नु पर्थ्यो । 

विश्व इतिहासमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्वन्द्वी कम्पनीका कर्मचारीसँग पहिलो चोटि गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रूपमा लिइएको छ । त्यसको १० वर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो ।  जसको मूल्य थियो दुई लाख रुपैयाँ । 

मोटोरोलाको पहिलो हैंडसेटको नामथियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी चार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो । सन १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको सुरुवात गरको इतिहास छ । यसपछी ओ–२ नामको मोबाइल सेटले आफ्नो सेवा सुरु गर्‍यो । 

mobile phone (11)

वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो । फ्रान्सका व्यवसायी फिलिपखानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो । यसको सुरुवाती दिनमा टचस्क्रीन थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रूपमा कामगर्ने खालको बनाइयो । यसैगरी मोबाइल मार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन १९९३ मा आयोजित वायरलेस वर्ल्ड कम्फरेन्समा आई बीएमनामको पहिलो स्मार्टफोन बजारमा आयो । सन २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका थिए ।

mobile phone (14)

नेपालमा मोबाइल जीएसएम सुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते सुरु भएको थियो भने औपचारिक रूपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात १ जी थियो । जुन उच्चवर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो । किनभने यो निकै महँगो थियो । जुन मध्यमवर्गको पहुँच भन्दा बाहिर थियो ।

२०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थान हालको नेपाल टेलिकमले प्रिपेड मोबाइलको सुरुवात गरेको थियो । यस अघि पोस्टपेडमात्र प्रयोगमा थियो । सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुतगतिमा अघि बढ्यो । नेपाल टेलिकमले सीडीएमए सेवाको सुरुवात पनि सोही साल सुरु गर्‍यो, जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो । 

mobile phone (1)mobile phone (2)mobile phone (3)mobile phone (4)mobile phone (5)mobile phone (6)mobile phone (7)mobile phone (8)mobile phone (9)mobile phone (10)mobile phone (12)mobile phone (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया