गजल
गजल
शनिबार, ०३ चैत २०८०, ०९ : ४७
केही काम गरेर खाऊँ भने पनि शरीर छैन हात छैन
भोको पेट चिच्याइ रहन्छ दाल तरकारी भात छैन
आमाबाबु पनि बितिहाले घरमा कोही छैन साथमा
आकाश हेरिहेरी दिन बिताउँछु, नरोएको रात छैन
बिलौना छन् कथा छन् दुःखले मात्रै स्पर्श गरिरहन्छ
खुसीको आभास गरेको छैन कुनै खास बात छैन
हावाहुरी चलेर सबै झरिसके मेरा खुसीहरू यहाँ
सुक्दै गयो जिन्दगीको रुख हाँगाहरूमा पात छैन
सहारा गरिदेऊ भनी छरछिमेकमा हात जोर्न पनि
आश्रयहीन छु आफ्नो कुनै जग्गा जमिन मात छैन
सुदूरपश्चिम बैतडी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण