गजल
गजल
शनिबार, ०३ चैत २०८०, ०९ : ४७

केही काम गरेर खाऊँ भने पनि शरीर छैन हात छैन
भोको पेट चिच्याइ रहन्छ दाल तरकारी भात छैन
आमाबाबु पनि बितिहाले घरमा कोही छैन साथमा
आकाश हेरिहेरी दिन बिताउँछु, नरोएको रात छैन
बिलौना छन् कथा छन् दुःखले मात्रै स्पर्श गरिरहन्छ
खुसीको आभास गरेको छैन कुनै खास बात छैन
हावाहुरी चलेर सबै झरिसके मेरा खुसीहरू यहाँ
सुक्दै गयो जिन्दगीको रुख हाँगाहरूमा पात छैन
सहारा गरिदेऊ भनी छरछिमेकमा हात जोर्न पनि
आश्रयहीन छु आफ्नो कुनै जग्गा जमिन मात छैन
सुदूरपश्चिम बैतडी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन