सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा महाधिवेशनबारे छलफल गर्न केन्द्रीय प्रचार विभागको बैठक बस्दै

शनिबार, ०३ चैत २०८०, १२ : ५२
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ । 

आज दिउँसो १ बजे विभागको कार्यालयमा बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको तयारीका बारेमा छलफल गरिने छ । 

जसपाको आगामी जेठ २८ गतेदेखि सुरु हुने महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समितिले काम थालेको जनाउँदै महाधिवेशन धनुषामा हुने तय भएको प्रमुख बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप