शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माइक पेन्सले डोनाल्ड ट्रम्पलाई समर्थन नगर्ने

आइतबार, ०४ चैत २०८०, ११ : ५५
आइतबार, ०४ चैत २०८०

वाशिङटन डीसी । अमेरिकाका पूर्व उप–राष्ट्रपति माइक पेन्सले यही वर्ष नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा आफ्ना पूर्व हाकिमलाई समर्थन नगर्ने भएका छन् । शुक्रबार पेन्सले आगामी निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन नगर्ने घोषणा गरेका हुन् । फक्स न्यूजसँगको कुराकानीमा उनले यस्तो बताएका थिए ।

रिपब्लिकन दलको प्राइमरी निर्वाचनमा ट्रम्पले उम्मेदवारी दर्ताका लागि पर्याप्त संख्यामा डेलिगेट्सहरूको समर्थन पाएकै समयमा पेन्सको यो अभिव्यक्ति आएको हो । चार वर्ष अघि आफूहरू निर्वाचन लड्दाको एजेन्डाको तुलनामा अहिले ट्रम्पले उल्टो एजेन्डा उठाएको उनी बताउँछन् । राष्ट्रिय ऋण घटाउन प्रतिबद्धताबाट ट्रम्प टाढिरहेको उनको भनाइ छ । अमेरिकामा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई निरन्तरताको अनुमति दिने कि नदिने भन्ने आफ्नो पुरानो अडानबाट ट्रम्प उल्टिएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीको दौडमा पेन्स ट्रम्पको प्रतिस्पर्धीको रुपमा उभिएका थिए । तर प्राइमरी मतदाताहरूको पर्याप्त ध्यान खिच्न नसकेपछि सन् २०२३ को अक्टोबरमा पेन्स दौडबाट बाहिरिएका थिए । डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनलाई आफूले कहिले मत नदिने भन्दै आफ्नो मत आफैँ राख्ने शुक्रबारै पेन्सले बताएका थिए । सन् २०१७ को जनवरी देखि सन् २०२१ को जनवरीसम्म पेन्सले ट्रम्पको उप–राष्ट्रपति भएर काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप