बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु
आइतबार, ०४ चैत २०८०, १२ : ४९

जानकी । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए ।
मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जङ्गली जवनारले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ । मृतकको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध
-
दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार
-
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल
-
५३ लाख लागतमा बन्यो विद्यालयको पक्की भवन
-
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी सुरु