पुलकित र कृतिको विवाहको तस्बिर सार्वजनिक
मुम्बई । बलिउड कलाकार पुलकित सम्राट र कृति खरबन्दा विवाह बन्धनमा बाँधिएका छन् । दम्पतीले मार्च १५ तारिखमा लगनगाँठो कसेका थिए ।
विवाहमा उनको परिवार र नजिकका साथीहरू उपस्थित थिए। कृतिले विवाहका ४ तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै कृतिले लेखेकी छिन्– नीलो आकाशदेखि बिहानको शीतसम्म, उतारचढाव हुँदै, तिमी मात्र छौ । सुरुदेखि अन्त्यसम्म, हरेक पटक र त्यसपछि, जब मेरो मुटु फरक तरिकाले धड्किन्छ। त्यो तपाईं हो। निरन्तर, निरन्तर, तिमी।’

कृतिले चार तस्बिर सेयर गरेकी छिन्, जसमा दुवैले एकअर्काको हात समातेको देखिन्छ । कतिपयमा दुवैले एकअर्कालाई अँगालो हालेका छन् भने कृतिले पुलकितको निधारमा चुम्बन गरेको देखिन्छ । एउटा तस्बिरमा पुलकितले कृतिको घाँटीमा मङ्गलसूत्र लगाएका छन् ।
विवाहपछि कृति निकै सुन्दर देखिएकी छिन् । त्यहाँ उपस्थित मानिसहरूले दम्पतीलाई फूलको वर्षा गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण