सोधपुछ गर्नेबारे उद्योगपति विनोद चौधरी अनभिज्ञ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा उद्योगपति विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन दिए पनि चौधरी भने यसबारेमा अनभिज्ञ रहेको थाहा भएको छ । नेपाल न्युज बैंकसँग कुराकानी गर्दै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चौधरीको निजी सचिवालयले गृहमन्त्रीले निर्देशन दिएको भनेर प्रकाशमा आएका समाचार मात्र जानकारी भएको बतायो ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन जग्गा फिर्ता ल्याउने प्रक्रिया थालिहाल्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतबार निर्देशन दिएका थिए ।
‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको छ,’ गृहमन्त्री लामिछानेको सचिवालयले भन्यो, ‘त्यसका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ ।’
यता प्रतिनिधि सभामा भने प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोस्टममा जानबाट समेत रोकेर राजीनामा मागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण