इन्डियन वेल्सको उपाधि जोगाए अल्कारेजले
काठमाडौँ । साबिक विजेता स्पेनिस खेलाडी कार्लोस अल्कारेजले इन्डियन वेल्स टेनिस प्रतियोगिताको उपाधि जोगाएका छन् । उनले फाइनलमा रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई सोझो सेटमा हराउँदै उपाधि चुमेका हुन् ।
अघिल्लो वर्षको फाइनल खेल पनि यी दुई खेलाडीबिच नै भएको हो । २० वर्षीय अल्कारेजले पहिलो सेटको नतिजालाई ७–६ (७–५) ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा भने अल्कारेजले आफ्ना विपक्षीमाथि ६–१ अङ्कको सजिलो जित निकाले ।
अल्कारेजले गत जुलाईमा ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि जितेयता हात पारेको यो पहिलो ट्रफी हो । उनी लामो समय स्वास्थ्य समस्याका कारण कोर्टबाट बाहिर थिए । गोली गाँठोको चोटका कारणले उनले केही महत्त्वपूर्ण प्रतियोगिता पनि गुमाएका थिए ।
‘मेरा लागि यो महत्त्वपूर्ण उपाधि हो । यो उपाधिले मेरो मनोबल पनि बढाएको छ । म इन्डियन वेल्स खेल्न जहिले पनि रमाउँछु,’ उपाधि जितेपछि उनले भनेका छन् । विम्बल्डनका अतिरिक्त उनले अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण