नयाँ कमेडी शो ‘कमेडी दरबार’ ल्याउँदै बिक्की
सोमबार, ०५ चैत २०८०, १५ : ०६
काठमाडौँ । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । जसका लागि उनी अहिले शोको सेट र कलाकारको टिम छनोटमा छन् ।
यसअघि रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजनलाई सकाएका उनले अब ‘कमेडी दरबार’ नामको शो ल्याउने तयारी गरेका हुन् । शोमा कलाकार विजय बराल पनि रहनेछन् । बराल शोमा कसरी देखिने भन्ने अहिले सार्वजनिक गरिएको छैन ।
‘यसअघिका शोहरु भन्दा अझ लार्ज स्केलको रुपमा ‘कमेडी दरबार’ ल्याउन लागेको हो’, बिक्कीले भने, ‘कलाकार फाइनल हुनेक्रममा हुनुहुन्छ ।’ ‘कमेडी दरबार’ पारिवारिक कमेडी शो हुने बिक्कीले खुलाए ।
शोलाई बिक्की र श्रृद्धा प्रसाईंले निर्देशन गर्नेछन् । प्राइम टेलिभिजनमार्फत प्रसारण हुने शोको प्रसारण मिति भने फाइनल हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण