सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ कमेडी शो ‘कमेडी दरबार’ ल्याउँदै बिक्की

सोमबार, ०५ चैत २०८०, १५ : ०६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । जसका लागि उनी अहिले शोको सेट र कलाकारको टिम छनोटमा छन् । 

यसअघि रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजनलाई सकाएका उनले अब ‘कमेडी दरबार’ नामको शो ल्याउने तयारी गरेका हुन् ।  शोमा कलाकार विजय बराल पनि रहनेछन् । बराल शोमा कसरी देखिने भन्ने अहिले सार्वजनिक गरिएको छैन । 

‘यसअघिका शोहरु भन्दा अझ लार्ज स्केलको रुपमा ‘कमेडी दरबार’ ल्याउन लागेको हो’, बिक्कीले भने, ‘कलाकार फाइनल हुनेक्रममा हुनुहुन्छ ।’ ‘कमेडी दरबार’ पारिवारिक कमेडी शो हुने बिक्कीले खुलाए ।

शोलाई बिक्की र श्रृद्धा प्रसाईंले निर्देशन गर्नेछन् । प्राइम टेलिभिजनमार्फत प्रसारण हुने शोको प्रसारण मिति भने फाइनल हुन बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप