माओवादीको नयाँ विधानमा ११ जना पदाधिकारी, उपमहासचिव र सचिवको सङ्ख्या घटाइयो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी सङ्ख्या ११ सदस्यीय कायम भएको छ । फागुन १, २ र ३ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले विद्यमान पदाधिकारीको सङ्ख्या घटाएर ११ सदस्य कायम गरेको हो ।
यस्तै केन्द्रीय समिति १९९ कायम भएको छ । माओवादीको प्रस्तावित विधानमा केन्द्रीय समिति सङ्ख्या १५१ राखिएको थियो । चैत २ गते बसेको माओवादीको स्थायी समितिले विधान अधिवेशनको म्याण्डेट अनुसार विधानलाई अन्तिम रूप दिएको थियो ।
नयाँ विधानअनुसार केन्द्रीय समितिले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, दुई सचिव र एक कोषाध्यक्ष गरी ११ सदस्य कायम गरेको हो । माओवादीमा हाल भने एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, ६ उपमहासचिव, ९ जना सचिव र एक कोषाध्यक्ष गरी २२ जना पदाधिकारी रहेका छन् । नयाँ विधान आगामी महाधिवेशनबाट लागु हुने बताइएको छ ।
यस्तै विधानमा केन्द्रीय समितिको बढीमा एकतिहाइ पोलिटब्युरो सदस्य, पोलिटब्यूरोको बढीमा एक तिहाइ स्थायी समिति रहने व्यवस्था छ । दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय कार्यालय रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण