बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको नयाँ विधानमा ११ जना पदाधिकारी, उपमहासचिव र सचिवको सङ्ख्या घटाइयो

सोमबार, ०५ चैत २०८०, १७ : ५९
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी सङ्ख्या ११ सदस्यीय कायम भएको छ । फागुन १, २ र ३ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले विद्यमान पदाधिकारीको सङ्ख्या घटाएर ११ सदस्य कायम गरेको हो । 

यस्तै केन्द्रीय समिति १९९ कायम भएको छ । माओवादीको प्रस्तावित विधानमा केन्द्रीय समिति सङ्ख्या १५१ राखिएको थियो । चैत २ गते बसेको माओवादीको स्थायी  समितिले विधान अधिवेशनको म्याण्डेट अनुसार विधानलाई अन्तिम रूप दिएको थियो ।

नयाँ विधानअनुसार केन्द्रीय समितिले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष,  एक महासचिव, दुई उपमहासचिव, दुई सचिव र एक कोषाध्यक्ष गरी ११ सदस्य कायम गरेको हो । माओवादीमा हाल भने एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, ६ उपमहासचिव, ९ जना सचिव र एक कोषाध्यक्ष गरी २२ जना पदाधिकारी रहेका छन् । नयाँ विधान आगामी महाधिवेशनबाट लागु हुने बताइएको छ ।

यस्तै विधानमा केन्द्रीय समितिको बढीमा एकतिहाइ पोलिटब्युरो सदस्य, पोलिटब्यूरोको बढीमा एक तिहाइ स्थायी समिति रहने व्यवस्था छ । दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय कार्यालय रहने व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप