बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ र पुलिस दोस्रो चरणमा

सोमबार, ०५ चैत २०८०, २० : ५४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल पुलिस र बूढानीलकण्ठ भलिबल क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा पुगेका छन् ।

जारी च्याम्पियनसिपमा समूह ‘सी’ बाट पुलिस विजेता र बूढानीलकण्ठ उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसले बूढानीलकण्ठलाई ३–० को सोझो सेटमा हराउँदै विजेता बनेका हुन् । पुलिसले बूढानीलकण्ठलाई २५–१९, २५–१४, २५–२२ ले हरायो । समान दुई खेलबाट पुलिसले सतप्रतिशत जित निकाल्दा बूढानीलकण्ठले भने कर्णाली प्रदेशलाई हराएको थियो । यो जित नै बूढानीलकण्ठका लागि दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो ।

आर्मीले पनि दोस्रो जित निकाल्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ । चार टोली रहेको समूह ‘डी’ मा आर्मीले दुई जितसँगै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो । सोमबार आर्मीले न्युटन क्लबमाथि २५–१५, २५–१२ र २५–२० को जित निकाल्यो । यो समूहमा आर्मी र न्युटनसहित गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब छन् । सोमबार नै गण्डकीले दोस्रो खेलमा पहिलो जित निकालेको छ । आर्मीसँगको हारबाट प्रतियोगिता सुरुवात गरेको गण्डकीले सोमवार मणिमुकुन्दलाई २५–१८,२५–१४, २७–२९ र २५–१८ ले हराएको हो ।

पुरुषतर्फm १३ टोलीले प्रतिस्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन भलिबल क्लब तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले चुनौती प्रस्तुत गर्दैछन् । समूहका शिर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । महिलातर्फ सोमबार तीन खेल भएका थिए । न्यु डायमण्ड स्पोर्ट्स क्लबले एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५,२५–२३ ले हराउँदै सुखद सुरुवात गरेको छ ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–१७, २५–१९, २५–२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो । एभरेस्टको यो दोस्रो जित हो । महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोटर््स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन् । नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्पmका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप