आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निसीखोला बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सोमबार, ०५ चैत २०८०, २२ : २४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई सातजनाको मृत्यु र २५ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।

साथै प्रधानन्त्री प्रचण्डले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्न अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप