लामो समयपछि आईपीएलमार्फत क्रिकेट कमेन्ट्रीमा फर्कँदै नवजोतसिंह सिद्धु
काठमाडौँ । भारतका चर्चित पूर्वक्रिकेटर नवजोतसिंह सिद्धु फेरि क्रिकेट कमेन्ट्रीमा फर्किने भएका छन् । यसै महिना सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत उनी क्रिकेट कमेन्ट्रीमा फर्कन लागेका हुन् ।
आईपीएलको १७औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । उनी आईपीएलमा कमेन्ट्रीका लागि स्टार स्पोर्टससँग जोडिएको समाचारमा जनाइएको छ । ६० वर्षीय सिद्धु लामो समयपछि क्रिकेट कमेन्ट्रीमा फर्किएका हुन् ।
स्टार स्पोर्टसले पनि सिद्धु आईपीएलको कमेन्ट्रीका लागि आफूसँग जोडिएको जानकारी सार्वजनिक गरेको छ । आगामी आईपीएलको पहिलो खेल चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ ।
चेन्नईमा खेलिने उक्त खेलमा पनि सिद्धु कमेन्ट्री बक्समा उपस्थित हुने स्टार स्पोर्टसले जनाएको छ । सिद्धु क्रिकेट कमेन्ट्रीमा निकै चर्चित नाम हो । सिद्धुले सन् १९८३ देखि सन् १९९८ सम्म भारतका लागि ५१ टेस्ट र एक सय ३६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
माथिल्लो क्रममा ब्याट्सम्यान सिद्धुले टेस्ट क्रिकेटमा तीन हजार दुई सय दुई रन र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार चार सय १३ रन बनाएका छन् । टेस्टमा उनले नौ शतक र १५ अर्धशतक बनाएका छन् ।
यसैगरी एकदिवसीय अन्तर्राष्ट्रियमा सिद्धुले ६ शतक र ३३ वटा अर्धशतक प्रहार गरेका छन् । सन् २००१ मा भारतीय टोली श्रीलंका भ्रमणमा जाँदा सिद्धुले पहिलो पटक कमेन्ट्री गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण